Advertisement
Advertisement
Advertisement

चुनावी गतिविधि तीव्र, बन्द सूची तयारीमा राजनीतिक दलहरू

रियल खबर अनलाइन | ९ पुस, काठमाडौं — आगामी फागुनमा हुने भनिएको प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति नजिकिँदै जाँदा देशभर राजनीतिक सरगर्मी बढ्न थालेको छ । प्रमुख राजनीतिक दलहरूले आन्तरिक तयारीलाई तीव्र बनाउँदै बन्द सूची तयार पार्ने काममा सक्रियता देखाएका छन् ।

निर्वाचन आयोगले राष्ट्रियसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनका सम्पूर्ण प्रक्रिया एकैसाथ अगाडि बढाइरहेको छ । यससँगै दलहरू उम्मेदवार छनोट, रणनीतिक छलफल र संगठन सुदृढीकरणमा जुटेका छन् ।

चुनाव नजिकिँदै जाँदा राजनीतिक भेटघाट, बैठक र छलफलहरू बढ्दै गएका छन् भने आगामी निर्वाचनले देशको राजनीतिक दिशा तय गर्ने अपेक्षा गरिएको छ ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×
Advertisement