रियल खबर अनलाइन | १४ पुस, काठमाडौं ,काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङबीच हिजो मध्यरातसम्म चलेको बहुप्रतिक्षित एकता वार्ता विफल भएको छ।
राजनीतिक वृत्तमा ठूलो चासोका साथ हेरिएको उक्त वार्तामा वैचारिक सामञ्जस्य, नेतृत्व संरचना र भावी कार्यदिशाका विषयमा गहन छलफल भए पनि अन्तिम सहमति हुन नसकेको नेताहरूले बताएका छन्।
तर, वार्ता पूर्ण रूपमा टुटेको भने होइन।
🔹 नेताहरूका अनुसार आज पनि छलफल जारी रहने छ
🔹 सहमतिमा पुग्ने प्रयास अझै कायम
🔹 वैकल्पिक राजनीतिक शक्तिको सम्भावनाबारे गम्भीर संवाद
देशमा बढ्दो राजनीतिक असन्तोष र नयाँ विकल्पको खोजी भइरहेका बेला यी तीन प्रभावशाली व्यक्तित्वबीचको एकता वार्तालाई राजनीतिक ‘गेम चेन्जर’ का रूपमा हेरिएको थियो।अब सबैको ध्यान आज हुने छलफलतर्फ केन्द्रित भएको छ।
🤔 के आज सहमति जुट्ला ?
🤝 कि अझै दूरी बढ्ला ?






