Advertisement
Advertisement
Advertisement

रास्वपाको समानुपातिक सूचीमा तोसिमा कार्कीको कडा असन्तुष्ट …

पदाधिकारीका नाम फिर्ता लिन खुला माग

रियल खबर अनलाईन | पुष १६, काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्वाचन आयोगमा पेस गरेको समानुपातिक उम्मेदवारको सूचीप्रति पार्टीकी नेतृ तोसिमा कार्की ले घोर आपत्ति जनाएकी छन्। उनले समानुपातिक सूचीबाट पार्टी पदाधिकारी तथा नेतृत्वसँग निकट व्यक्तिहरूको नाम तत्काल फिर्ता लिनुपर्ने माग गरेकी छन्।

आइतबार मध्यराति सामाजिक सञ्जाल फेसबुक मार्फत कर्णाली र सुदूरपश्चिमका नागरिकहरूसँग खिचिएको तस्बिर सार्वजनिक गर्दै कार्कीले समानुपातिक प्रणालीको मूल मर्ममाथि गम्भीर प्रश्न उठाएकी हुन्।

उनले लेखेकी छन्—

Advertisement

समानुपातिकको अवधारणा नै भौगोलिक विकटताका कारण पछाडि परेकालाई, पहुँच र पावर नभएकालाई तर सक्षम व्यक्तिलाई प्रतिनिधित्व दिलाउन ल्याइएको हो। सूचीले विपन्नलाई ठाउँ दिनुपर्छ। सूचीले कर्णाली बोल्नुपर्छ। सुदूरपश्चिम बोल्नुपर्छ। सूचीले गाउँ बोल्नुपर्छ।

तर, पार्टी नेतृत्वका आफन्त तथा पार्टीका ‘भाइटल पोष्ट’ मा रहेका व्यक्तिहरू नै समानुपातिक सूचीमा आकांक्षी भएर आफ्नो स्थान सुनिश्चित गर्नुले समानुपातिक प्रणालीको औचित्यमाथि नै प्रश्न खडा भएको उनको आरोप छ।

कार्कीले थप स्पष्ट पार्दै भनेकी छन्—

समानुपातिकले समावेश गराउनुपर्छ, निषेध होइन।

उनको यो सार्वजनिक असन्तुष्टिपछि रास्वपाभित्र समानुपातिक सूचीलाई लिएर आन्तरिक विवाद चर्किने संकेत देखिएको छ। यस विषयमा पार्टी नेतृत्वको आधिकारिक प्रतिक्रिया आउन बाँकी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×
Advertisement