Advertisement
Advertisement
Advertisement

‘कुमारी’को गीत ‘डोको बुन्ने’ले रच्यो नयाँ कीर्तिमानरिलिजअघि नै युट्युबमा १ करोड भ्युज, सांगीतिक सफलता सुनिश्चित

रियल खबर अनलाईन २ माघ, काठमाडौं। रिलिज हुन अझै एक दिन बाँकी रहँदै नेपाली फिल्म ‘कुमारी’ ले सांगीतिक क्षेत्रमा ऐतिहासिक सफलता हासिल गरेको छ। फिल्मको बहुप्रतीक्षित तथा चर्चित गीत ‘डोको बुन्ने निगालो चोयाले’ ले युट्युबमा १ करोडभन्दा बढी पटक हेरिने कीर्तिमान कायम गरेको छ।

गीत सार्वजनिक भएको छोटो समयमै दर्शक–श्रोताको व्यापक माया पाउँदै युट्युब ट्रेन्डिङमा लगातार स्थान बनाउँदै आएको थियो। रिलिजअघि नै करोड भ्युज पार गर्नुले ‘कुमारी’प्रति दर्शकको उत्साह र अपेक्षा कति उच्च छ भन्ने स्पष्ट संकेत गरेको छ।

लोक स्वाद र आधुनिक संगीतको सुन्दर संयोजन रहेको यो गीतले युवा पुस्तादेखि सबै उमेर समूहका दर्शकलाई आकर्षित गर्न सफल भएको छ। गीतको लय, शब्द, प्रस्तुति र दृश्य संयोजनले सामाजिक सञ्जालमा व्यापक चर्चा पाएको छ भने टिकटक, रिल्स र सर्ट्समार्फत झन् लोकप्रियता बढ्दै गएको छ।

Advertisement

फिल्म क्षेत्रका जानकारहरूका अनुसार गीतले पाएको यो अपार सफलताले फिल्म ‘कुमारी’लाई बक्स अफिसमा पनि बलियो सुरुवात दिलाउने संकेत दिएको छ। पछिल्ला वर्षहरूमा नेपाली फिल्मको प्रचार–प्रसारमा गीतको भूमिकालाई पुनः स्थापित गर्ने उदाहरणका रूपमा यसलाई हेरिएको छ।

निर्माण टिमले दर्शकको माया र समर्थनप्रति आभार व्यक्त गर्दै फिल्म रिलिजपछि पनि दर्शकको अपेक्षामा खरा उत्रिने विश्वास व्यक्त गरेको छ। ‘डोको बुन्ने’को सफलता सँगै ‘कुमारी’ अब रिलिजअघि नै चर्चाको शिखरमा पुगेको छ।

नेपाली फिल्म संगीतले फेरि एकपटक अन्तर्राष्ट्रिय प्लेटफर्ममा आफ्नो प्रभाव देखाएको भन्दै यो उपलब्धिलाई नेपाली चलचित्र उद्योगकै लागि गर्वको विषयका रूपमा हेरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×
Advertisement