Advertisement
Advertisement
Advertisement

सामूहिक बलात्कारपछि हत्या भएको आरोप, ५ दिनदेखि कर्णाली प्रदेश अस्पतालमा १६ वर्षीया किशोरीको शव

रियल खबर अनलाईन | २८ फागुन, काठमाडौं । कर्णाली प्रदेशमा एक १६ वर्षीया किशोरीको मृत्यु प्रकरणलाई लिएर तनावपूर्ण अवस्था सिर्जना भएको छ। सामूहिक बलात्कारपछि हत्या गरिएको आरोप लगाउँदै पीडित परिवार तथा विभिन्न संघसंस्थाले विरोध प्रदर्शन गरेका छन्।

घटनापछि पीडित किशोरीको शव पाँच दिनदेखि कर्णाली प्रदेश अस्पतालमा राखिएको छ। पीडित परिवारले घटनाको निष्पक्ष छानबिन, दोषीलाई कडा कारबाही र न्यायको माग गर्दै शव नबुझी आन्दोलन जारी राखेका हुन्।

परिवारका अनुसार किशोरीमाथि सामूहिक बलात्कारपछि हत्या गरिएको आशंका गरिएको छ। उनीहरूले घटनामा संलग्न सबै व्यक्तिलाई कानुनी दायरामा ल्याउन र सत्य तथ्य सार्वजनिक गर्न सरकारसँग माग गरेका छन्।

Advertisement

यस घटनाप्रति विभिन्न मानवअधिकारकर्मी, नागरिक समाज तथा महिला अधिकारकर्मीहरूले समेत गम्भीर ध्यानाकर्षण भएको बताएका छन्। उनीहरूले निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कानुनी कारबाही गर्न माग गरेका छन्।

यसैबीच स्थानीय प्रशासन र प्रहरी भने घटनाबारे अनुसन्धान भइरहेको जनाउँदै तथ्य पत्ता लगाउन सबै पक्षसँग समन्वय गरेर काम भइरहेको बताएका छन्। घटनाको सत्यतथ्य छिट्टै सार्वजनिक गरिने प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×
Advertisement