Advertisement
Advertisement
Advertisement

कार्की आयोगको प्रतिवेदनमाथि कांग्रेस अध्ययन समितिद्वारा कडा प्रश्न, राजनीतिक बहस चर्किँदै

रियल खबर अनलाइन | ७ वैशाख, काठमाडौं – गत २३ र २४ भदौमा भएको जेन-जी आन्दोलन र प्रदर्शनसम्बन्धी घटनाको छानबिनका लागि गठन गरिएको पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदनमाथि नेपाली कांग्रेसले गठन गरेको अध्ययन समितिले गम्भीर प्रश्न उठाएको छ।

वरिष्ठ अधिवक्ता यदुनाथ खनालको संयोजकत्वमा गठित उक्त अध्ययन समितिले आयोगको प्रतिवेदनमा रहेका निष्कर्ष, प्रक्रिया र तथ्यहरूको आधारमाथि नै संशय व्यक्त गरेको छ। समितिमा पूर्वन्यायाधीश कृष्णप्रसाद पौडेल, अधिवक्ता विनोद कार्की, रामचन्द्र (आरसी) गौतम तथा युवा अभियन्ता यजस्वी राई सदस्य रहेका थिए।

समितिले विस्तृत अध्ययनपछि तयार पारेको प्रतिवेदन ३ वैशाखमा औपचारिक रूपमा बुझाएको हो। अध्ययन समितिले आयोगले प्रस्तुत गरेका केही निष्कर्षहरू पर्याप्त प्रमाण र तथ्यगत आधारबिना आएको हुनसक्ने संकेत गर्दै थप स्पष्टता आवश्यक रहेको उल्लेख गरेको छ।

Advertisement

प्रतिवेदन सार्वजनिक भएपछि राजनीतिक वृत्तमा नयाँ बहस सुरु भएको छ। आयोगको निष्कर्ष र अध्ययन समितिको टिप्पणीबीच देखिएको मतभेदले घटनाको वास्तविकताबारे थप छलफल र पुनःविश्लेषण आवश्यक रहेको धारणा बलियो बन्दै गएको छ।

यस विषयले आगामी दिनमा राजनीतिक र कानुनी दुवै तहमा थप चर्चा पाउने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×
Advertisement