रियल खबर अनलाइन १६ वैशाख, काठमाडौं – संसद् अधिवेशन चलिरहेकै समयमा मन्त्रिपरिषद्ले राष्ट्रपति कार्यालयमा अध्यादेश पेश गरेपछि सरकारको कदममाथि प्रश्न उठ्न थालेको छ। मंगलबार मन्त्रिपरिषद्ले सिफारिसका लागि राष्ट्रपति कार्यालय पठाएपछि मात्रै उक्त विषय सार्वजनिक भएको हो।
मन्त्रिपरिषद्ले पठाएका दुई अध्यादेशमध्ये एक संवैधानिक परिषद् सम्बन्धी र अर्को सहकारी सम्बन्धी रहेको जनाइएको छ। ती अध्यादेशहरू हाल राष्ट्रपति कार्यालयमा अध्ययनाधीन रहेको स्रोतले जनाएको छ।
तर, अध्यादेशमा समेटिएका विषयवस्तुहरू हालसम्म सार्वजनिक नगरिएकाले थप जिज्ञासा र चासो बढेको छ। संसद् सक्रिय रहँदा किन अध्यादेशको बाटो रोजियो भन्नेबारे सरकारबाट स्पष्ट जवाफ आउन बाँकी छ।
राजनीतिक वृत्तमा यस कदमलाई लिएर बहस सुरु भएको छ भने पारदर्शिता र प्रक्रियागत उचिततामाथि समेत प्रश्न उठिरहेका छन्।






