रियल खबर अनलाइन १६ वैशाख, काठमाडौं परराष्ट्र मन्त्री शिशिर खनाल ले अबदेखि राजदूत नियुक्ति खुला प्रतिस्पर्धाबाट गर्ने तयारी अघि बढाएका छन्।
यस ऐतिहासिक कदमका लागि उनले प्रधानमन्त्री वालेन्द्र शाह को समेत सहमति लिइसकेको स्रोतले जनाएको छ।
सरकारको यो तयारी कार्यान्वयनमा आएमा राजदूत नियुक्ति प्रक्रिया अझ पारदर्शी, प्रतिस्पर्धात्मक र योग्यतामा आधारित हुने अपेक्षा गरिएको छ।
हालसम्म प्रायः राजनीतिक भागबण्डाको आधारमा हुने नियुक्तिमा अब परिवर्तन आउने संकेत देखिएको छ, जसले कूटनीतिक क्षेत्रमा नयाँ अभ्यासको सुरुवात गर्न सक्ने विश्लेषण गरिएको छ।






