मोडलिङमार्फत नेपालको नाम विश्वभर चिनाउने सपना, सबैसँग भोटको हार्दिक अपिल
रियल खबर अनलाइन | काठमाडौं भोजपुर, नेपालमा जन्मिएकी श्याम कुमार दाहाल तथा रञ्जना पौडेलकी सुपुत्री अरुणिमा दाहाल अहिले ९औँ मिस ग्राण्ड नेपाल २०२६ को प्रतिस्पर्धामा आफ्नो प्रतिभा, सौन्दर्य र आत्मविश्वासका साथ अघि बढिरहेकी छन्।
हाल बीबीएस अध्ययनरत अरुणिमा एक आकर्षक तथा प्रतिभाशाली नृत्याङ्गना हुन्। बाल्यकालदेखि नै नृत्य, फेशन र मोडलिङप्रति विशेष रुचि राख्दै आएकी उनी भविष्यमा सफल अन्तर्राष्ट्रिय मोडल बन्ने लक्ष्यका साथ निरन्तर मेहनत गरिरहेकी छन्।
अरुणिमाको विश्वास छ कि सौन्दर्य केवल बाहिरी रूप होइन, आत्मविश्वास, अनुशासन, प्रतिभा र समाजप्रतिको जिम्मेवारी नै वास्तविक पहिचान हो। यही सोचका साथ उनी मिस ग्राण्ड नेपाल २०२६ को ताज जितेर अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गर्ने सपना बोकेर प्रतिस्पर्धामा उत्रिएकी छन्।
यस अवसरमा उनले सम्पूर्ण नेपाली दाजुभाइ–दिदीबहिनी, साथीभाइ तथा शुभेच्छुकहरूसँग आफूलाई भोट गरी विजयी बनाउन हार्दिक अपिल गरेकी छन्।
“मिस ग्राण्ड नेपाल २०२६ को ताज जितेर अन्तर्राष्ट्रिय मञ्चमा नेपालको गौरव बढाउनुका साथै विश्वभर नेपालको पर्यटन, संस्कृति र पहिचानलाई प्रवर्द्धन गर्ने मेरो ठूलो सपना छ। त्यसका लागि यहाँहरूको अमूल्य भोट, माया र साथको अपेक्षा गर्दछु।” — अरुणिमा दाहाल
🌟 तपाईंको एउटा भोटले अरुणिमाको सपना मात्र होइन, अन्तर्राष्ट्रिय मञ्चमा नेपालको गौरव पनि उजागर गर्न सक्छ। 🇳🇵👑






