संघर्षलाई शक्तिमा बदल्दै ताज जित्ने अठोट, सबैसँग भोटको हार्दिक अपिल…
रियल खबर अनलाइन | काठमाडौं सिरहा जिल्लाकी प्रतिभाशाली दिप्ती झा अहिले ९औँ मिस ग्राण्ड नेपाल २०२६ को प्रतिस्पर्धामा आत्मविश्वास, प्रतिभा र ठूलो सपनासहित सहभागी भएकी छन्। परिवारकी जेठी छोरी दिप्तीले जीवनमा अनेकौं संघर्ष र चुनौतीहरूको सामना गर्दै पनि आफ्नो लक्ष्यप्रति कहिल्यै हार नमानेकी छन्।
हाल शिक्षक पेसामा आबद्ध दिप्ती शिक्षामार्फत समाज निर्माणमा योगदान दिँदै आएकी छन्। शिक्षणसँगै उनी मोडलिङ र नृत्य क्षेत्रमा आफ्नो उज्ज्वल भविष्य बनाउन निरन्तर प्रयासरत छिन्। उनको विश्वास छ कि कडा परिश्रम, आत्मविश्वास र सकारात्मक सोचले कुनै पनि सपना साकार बनाउन सक्छ।
मिस ग्राण्ड नेपाल २०२६ को ताज जितेर अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गर्दै देशको कला, संस्कृति, पर्यटन र महिलाको क्षमतालाई विश्वसामु चिनाउने उनको ठूलो सपना रहेको छ।
यस महत्वपूर्ण यात्रामा उनले सम्पूर्ण नेपाली दाजुभाइ–दिदीबहिनी, साथीभाइ तथा शुभेच्छुकहरूसँग आफूलाई भोट गरी विजयी बनाउन हार्दिक अपिल गरेकी छन्।
“जीवनका हरेक संघर्षले मलाई अझ बलियो बनाएको छ। मिस ग्राण्ड नेपाल २०२६ को ताज जितेर अन्तर्राष्ट्रिय मञ्चमा नेपालको गौरव बढाउनु मेरो सपना हो। त्यसका लागि यहाँहरूको अमूल्य भोट, माया र साथको अपेक्षा गर्दछु।” — दिप्ती झा






