Advertisement
Advertisement
Advertisement

धरानकी प्रतिभाशाली ग्रिसमा चौधरी ‘मिस ग्राण्ड नेपाल २०२६’ को प्रतिस्पर्धामा….

एयर होस्टेस बन्ने सपना बोकेकी मोडल, विश्वमञ्चमा नेपालको गौरव फैलाउने लक्ष्य

रियल खबर अनलाइन | काठमाडौंसुनसरी जिल्लाको धरानमा जन्मिएकी ग्रिसमा चौधरी अहिले ९औँ मिस ग्राण्ड नेपाल २०२६ को प्रतिस्पर्धामा आफ्नो प्रतिभा, आत्मविश्वास र दृढ संकल्पका साथ सहभागी भएकी छन्। सौन्दर्य, व्यक्तित्व र मेहनतका कारण उनी प्रतियोगिताकी आशालाग्दी प्रतिस्पर्धीमध्ये एक मानिएकी छन्।

मोडलिङप्रति विशेष रुचि राख्ने गौधारीको लक्ष्य भविष्यमा सफल मोडल बन्नुका साथै एयर होस्टेसको पेशामार्फत अन्तर्राष्ट्रिय क्षेत्रमा आफ्नो छुट्टै पहिचान स्थापित गर्नु हो। उनले आफ्नो आत्मविश्वास, अनुशासन र परिश्रमलाई सफलताको आधार मानेर निरन्तर अगाडि बढिरहेकी छन्।

ग्रिसमा चौधरीका अनुसार मिस ग्राण्ड नेपाल २०२६ केवल ताज जित्ने प्रतियोगिता मात्र होइन, नेपालको कला, संस्कृति, पर्यटन र नेपाली महिलाको क्षमता विश्वसामु प्रस्तुत गर्ने महत्वपूर्ण अवसर पनि हो। यही उद्देश्यका साथ उनी अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गर्दै देशको गौरव बढाउने सपना बोकेर प्रतिस्पर्धामा उत्रिएकी छन्।

Advertisement

यस अवसरमा गौधारीले सम्पूर्ण नेपाली दाजुभाइ–दिदीबहिनी, साथीभाइ तथा शुभेच्छुकहरूसँग आफूलाई भोट गरी विजयी बनाउन हार्दिक अपिल गरेकी छन्।

“मिस ग्राण्ड नेपाल २०२६ को ताज जितेर विश्वमञ्चमा नेपालको झण्डा गर्वका साथ फहराउनु, नेपालको पर्यटन, संस्कृति र पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्नु मेरो जीवनको ठूलो सपना हो। मेरो यो यात्रालाई सफल बनाउन यहाँहरूको अमूल्य भोट, माया र साथको अपेक्षा गर्दछु।”गौधारी

🌟 तपाईंको एउटा भोटले गौधारीको सपना साकार बनाउन र अन्तर्राष्ट्रिय मञ्चमा नेपालको गौरव अझ उचाइमा पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ। 🇳🇵👑

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×
Advertisement