रियल खबर अनलाईन | १२ चैत्र | काठमाडौँ आज देशभर श्रद्धा, भक्ति र आस्थाका साथ चैते दसैँ पर्व मनाइँदैछ। प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन पर्ने यस विशेष पर्वमा घर-घरमा नवदुर्गा भगवतीको पूजा आराधना गरी उत्सवका रूपमा मनाउने परम्परा रहेको छ।
चैते दसैँलाई विशेष गरी शक्ति स्वरूपा देवी दुर्गाको आराधनाको दिनका रूपमा लिइन्छ। यस अवसरमा भक्तजनहरू बिहानैदेखि स्नान गरी देवी मन्दिरहरूमा पूजा, आरती र बलि चढाउने गर्छन् भने घरमै पनि श्रद्धापूर्वक नवदुर्गाको पूजा गरिन्छ।
काठमाडौँ उपत्यकासहित देशका विभिन्न शक्ति पीठहरूमा आज बिहानैदेखि भक्तजनहरूको भीड लागेको छ। धार्मिक विश्वासअनुसार आजको दिन नवदुर्गाको पूजा आराधना गर्दा दुःख, कष्ट र नकारात्मक शक्तिहरू हट्ने र सुख, शान्ति तथा समृद्धि प्राप्त हुने मान्यता रहेको छ।
चैते दसैँले धार्मिक आस्था मात्र होइन, सांस्कृतिक एकता र परम्पराको संरक्षणमा समेत महत्वपूर्ण भूमिका खेल्दै आएको छ।
यस पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति र समृद्धिको कामना। 🌼






