Advertisement
Advertisement
Advertisement

२९ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस

करिब २० अर्ब बिगो दाबी गर्न माग, सूचीकृत कम्पनीमा अर्बौं रकम अपचलनको आरोप

रियल खबर अनलाईन ८ जेठ, काठमाडौं। देशको वित्तीय तथा पूँजी बजार क्षेत्रमा ठूलो तरंग ल्याउने गरी भट्ट र अग्रवालसहित २९ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस गरिएको छ। विभिन्न सूचीकृत कम्पनीमार्फत सर्वसाधारणको अर्बौं रुपैयाँ अपचलन गरेको आरोपमा उनीहरूमाथि करिब २० अर्ब रुपैयाँ बराबरको बिगो दाबी गर्न माग गरिएको हो।

प्राप्त विवरणअनुसार Himalayan Reinsurance, Himalayan Securities Banker, HLI Large Cap Fund तथा Nepal Micro Insurance लगायतका सूचीकृत कम्पनीमा लगानीकर्ताको ३ अर्ब ७३ करोड ८५ लाख २४ हजार २२६ रुपैयाँ अपचलन गरिएको आरोप लागेको छ।

अनुसन्धान निकायले लामो समयदेखि वित्तीय कारोबार, शेयर लगानी तथा कम्पनी व्यवस्थापनसँग सम्बन्धित कागजात अध्ययनपछि मुद्दा दायर प्रक्रिया अगाडि बढाउन सिफारिस गरेको जनाएको छ।

Advertisement

यो प्रकरण सार्वजनिक भएसँगै पूँजी बजारमा ठूलो चासो र त्रास फैलिएको छ। हजारौं सर्वसाधारण लगानीकर्ताको रकम जोखिममा परेको भन्दै सामाजिक सञ्जालदेखि आर्थिक वृत्तसम्म तीव्र प्रतिक्रिया देखिएको छ।

विज्ञहरूले यस घटनालाई नेपालको वित्तीय इतिहासकै ठूलो आर्थिक अनियमिततामध्ये एक रूपमा चित्रण गरेका छन्। यदि आरोप प्रमाणित भएमा सम्बन्धित व्यक्तिहरूमाथि कडा कानुनी कारबाही, सम्पत्ति जफत तथा बिगो असुली प्रक्रिया अघि बढ्न सक्ने बताइएको छ।

यता लगानीकर्ताहरूले भने दोषीमाथि तत्काल कारबाही गर्दै आफ्नो लगानी सुरक्षित गर्न सरकार र नियामक निकायसँग माग गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×
Advertisement