रियल खबर अनलाईन ८ जेठ, काठमाडौं। मधेश प्रदेशको राजनीतिमा नयाँ हलचल देखिएको छ।कृष्ण प्रशाद यादब नेतृत्वको सरकारमा ठूलो राजनीतिक फेरबदल गर्दै कमिनिती पार्टी का सांसद मोहमद समिद लाई मन्त्री नियुक्त गरिएको छ।
मुख्यमन्त्री यादवले जनता समझबाधी का तीन मन्त्रीलाई पदमुक्त गर्दै समिरलाई विना विभागीय मन्त्रीको जिम्मेवारी दिएका हुन्। उनको शपथ हिजोनै भएको छ।
प्रदेश सरकारमा आएको यो परिवर्तनलाई सत्ता समीकरणको नयाँ संकेतका रूपमा हेरिएको छ। राजनीतिक वृत्तमा यस कदमले मधेश प्रदेशको गठबन्धन राजनीतिमा थप तरंग ल्याएको चर्चा भइरहेको छ।
स्रोतका अनुसार सरकारभित्र लामो समयदेखि शक्ति सन्तुलन, मन्त्रालय बाँडफाँट तथा नीतिगत असन्तुष्टिका विषयमा विवाद बढ्दै गएको थियो। त्यसकै परिणामस्वरूप मुख्यमन्त्री यादवले निर्णायक कदम चालेको विश्लेषण गरिएको छ।
यता विपक्षी दलहरूले भने सरकार अस्थिर बन्दै गएको आरोप लगाएका छन्। सामाजिक सञ्जालमा पनि “मधेश सरकारमा नयाँ राजनीतिक खेल सुरु” भएको भन्दै व्यापक प्रतिक्रिया देखिन थालेको छ। अब एमालेको सहभागितासँगै मधेश प्रदेश सरकारको आगामी राजनीतिक दिशा कता मोडिने हो भन्ने चासो झन् बढेको छ।






