कारोबारको सीमा १० लाख बाट घटाइयो, ५ लाख सम्म मात्र।
रियल खबर अनलाईन १६ मंसिर, काठमाडौं । नेपाल सरकारले देशभर नगद प्रवाहलाई पारदर्शी, सुरक्षित र अनुगमनयोग्य बनाउन सरकारले महत्वपूर्ण निर्णय सार्वजनिक गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नगद कारोबारको सीमा थप कडा बनाउँदै अब मुलुकभरका ठूला वित्तीय लेनदेन अनिवार्य रूपमा बैंकिङ च्यानलमार्फत गर्नुपर्ने व्यवस्था लागू गरेको छ।
🔶 नयाँ व्यवस्था अनुसार:
➡️ एकैपटक ५ लाख रुपैयाँ वा सोभन्दा बढीको—
- सेवा खरिद• वस्तु बिक्री• कारोबार• वा अन्य भुक्तानी – यी सबै अब सीधा नगदमा गर्न पाइने छैन।
- अर्थात्, ५ लाख भन्दा माथिका सबै कारोबार बैंक, वित्तीय संस्था वा डिजिटल माध्यममार्फत अनिवार्य रूपमा सम्पन्न गर्नुपर्नेछ।
सरकारका अनुसार यो कदम—
✔ अवैध धन्दामा रोकथाम✔ कर छली नियन्त्रण✔ आर्थिक पारदर्शिता✔ डिजिटल अर्थतन्त्रको विस्तार ,जस्ता उद्देश्यका साथ ल्याइएको हो। यससँगै उच्च रकमका लेनदेन नियंत्रणमा आएर देशको वित्तीय अनुशासन मजबुत हुने सरकारको दाबी छ।






