रियल खबर अनलाइन | २८ मंसिर – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एमालेले विरोधका बीच विधान महाधिवेशनको निर्णय उल्ट्याएको छ। पार्टीले पदाधिकारी तथा स्थायी कमिटीको संख्या पुरानै संरचनाअनुसार कायम गर्ने निर्णय गरेको देखिएको छ।
यसअघि सम्पन्न विधान महाधिवेशनले पदाधिकारीको संख्या १५ मा सीमित गर्ने र स्थायी कमिटी नराख्ने निर्णय गरेको थियो। तर पछिल्लो निर्णयसँगै एमालेले पुनः अघिल्लो पदाधिकारी संरचना कायम गरेको हो।
नयाँ निर्णयअनुसार एमालेमा पदाधिकारी संख्या यसप्रकार रहेको छः
- अध्यक्ष : १ जना
- उपाध्यक्ष : ५ जना
- महासचिव : १ जना
- उपमहासचिव : ३ जना
- सचिव : ९ जना
पार्टीभित्रैबाट उठेको असन्तुष्टि र दबाबका कारण नेतृत्वले विधान महाधिवेशनको निर्णय संशोधन गर्न बाध्य भएको विश्लेषकहरूको भनाइ छ। यस निर्णयलाई एमालेको आन्तरिक शक्ति सन्तुलन र आगामी राजनीतिक रणनीतिसँग जोडेर हेरिएको छ।
🔴 एमालेको संगठनात्मक संरचनामा आएको यो परिवर्तनले पार्टी राजनीतिमा नयाँ बहस सुरु गराएको छ।






