Advertisement
Advertisement
Advertisement

एमाले नेतृत्वको फैसला आजै, मतगणना सुरु — बिहानै नतिजा सार्वजनिक गर्ने तयारी…

यल खबर अनलाइन | ३ पुष काठमाडौं ।नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत सम्पन्न नेतृत्व चयनको निर्वाचनपछि मतगणना प्रक्रिया औपचारिक रूपमा सुरु गरिएको छ। निर्वाचन आयोगले आज बिहानै मतगणना सम्पन्न गरी पूर्वाह्न साढे १० बजेसम्म नतिजा सार्वजनिक गर्ने लक्ष्य राखेको जनाएको छ।

एमाले निर्वाचन आयोगका प्रवक्ता भरत पोखरेलका अनुसार कानुनी र प्राविधिक प्रक्रिया पूरा गर्न केही समय लागे पनि आयोग नतिजा छिटो सार्वजनिक गर्न प्रतिबद्ध छ।
उनले भने, “सबै प्रक्रिया पूरा गर्दै आजै तोकिएको समयभित्र नतिजा सार्वजनिक गर्ने प्रयास भइरहेको छ।”

महाधिवेशनस्थल भृकुटीमण्डपमा ८० वटा विद्युतीय मतदान मेसिनमार्फत मतदान सम्पन्न भएको थियो। कुल २,२६३ प्रतिनिधिमध्ये २,२२७ जनाले मतदानमा सहभागिता जनाएका छन्, भने ३६ जना प्रतिनिधि अनुपस्थित रहेका थिए।

Advertisement

🔴 एमालेको भावी नेतृत्वबारे आजै स्पष्ट तस्वीर आउने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×
Advertisement