रियल खबर अनलाईन १४ पुस,काठमाडौं । बलिउड अभिनेता सलमान खानको ६० औं जन्मदिनको अवसरमा उनको आगामी फिल्म ‘ब्याटल अफ गलवान’ को टिजर सार्वजनिक भएको छ ।
भाइजानले आफ्नो जन्मदिनमा टिजर सार्वजनिक गर्दैै प्रशंसकलाई उपहार दिएका छन् । १ मिनेट ११ सेकेन्डको टिजरमा सलमानलाई भारतीय सैनिक अफिसरको भूमिकामा देख्न सकिन्छ ।
टिजरमा सलमानलाई मात्र चित्रण गरिएको छ । ‘यदि चोट लाग्यो भने तक्मा सम्झनू, मृत्यु देख्यौ भने सलाम गर्नू’ सलमानले मातहतका अफिसरलाई लडाइका लागि प्रोत्साहन गर्दै ती कुरा भनेका छन् ।






