Advertisement
Advertisement
Advertisement

मन्त्रिपरिषद् बैठकबाट ८ महत्वपूर्ण निर्णय पारित..

रियल खबर अनलाईन | २० पुस, काठमाडौं — नेपाल सरकारको मन्त्रिपरिषद् बैठकले विभिन्न महत्वपूर्ण ८ निर्णयहरू पारित गरेको छ। आज दिउँसो सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकबाट पारित निर्णयहरू सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल ले सार्वजनिक गरेका हुन्।

प्रवक्ता खरेलका अनुसार राष्ट्रिय प्रशासन, कूटनीति, श्रम, ऊर्जा, वन, लेखा परीक्षण तथा सहकारी क्षेत्रसँग सम्बन्धित महत्वपूर्ण निर्णयहरू मन्त्रिपरिषद् बैठकले गरेको छ।

मन्त्रिपरिषद् बैठकबाट पारित ८ निर्णयहरू यस प्रकार छन् :

१) जेनजी सहिद परिवारको हितका लागि कल्याणकारी कार्यक्रम सञ्चालन गर्न जेनजी सहिद परिवार कल्याणकारी समाजलाई अनुदान उपलब्ध गराउने निर्णय।

Advertisement

२) राष्ट्रिय अनुसन्धान विभागको अतिरिक्त मुख्य अनुसन्धान निर्देशक पदमा अनुसन्धान निर्देशक ओमबहादुर खड्कालाई बढुवा गर्ने निर्णय।

३) समस्याग्रस्त सहकारी संस्थाको सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानीसम्बन्धी कार्य गर्ने व्यवस्थापन समितिको सदस्य पदमा कुलप्रसाद न्यौपानेलाई मनोनयन गर्ने निर्णय।

४) नेपाल सरकार र ओमान सरकारबीच हुने समझदारीपत्र (MoU) स्वीकृत गर्ने निर्णय।

५) नेपाल सरकार र इजरायल सरकारबीच हुने श्रम सम्झौता स्वीकृत गर्ने निर्णय।

६) पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने सम्बन्धी आदेश–२०८२ स्वीकृत गर्ने निर्णय।

७) वन तेस्रो संशोधन नियमावली–२०८२ स्वीकृत गर्ने निर्णय।

८) नेपाल लेखा परीक्षण सेवा समूहीकरणतर्फको राजपत्रांकित विशिष्ट श्रेणीको उपमहालेखा परीक्षक पदमा घनश्याम पराजुलीलाई बढुवा गर्ने निर्णय।

प्रवक्ता खरेलका अनुसार यी निर्णयहरूले प्रशासनिक सुधार, ऊर्जा प्रयोगमा नवीनता, अन्तर्राष्ट्रिय सहकार्य, श्रमिक हित र सामाजिक सुरक्षामा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

सरकारले लिएका यी निर्णयहरूलाई देशको समग्र प्रशासनिक, आर्थिक र कूटनीतिक विकासतर्फको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×
Advertisement