Advertisement
Advertisement
Advertisement

५५ निर्वाचन क्षेत्रका लागि ६० लाख मतपत्र छापियोनिर्वाचन आयोग भन्छ– ११ फागुनभित्र सबै मतपत्र छपाइ सम्पन्न..

रियल खबर अनलाईन २माघ, काठमाडौं।आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र गतिमा अघि बढिरहेको छ। यसैक्रममा निर्वाचन आयोगले प्रत्यक्ष निर्वाचन प्रणालीतर्फका ५५ निर्वाचन क्षेत्रका लागि करिब ६० लाख मतपत्रको छपाइ सम्पन्न भएको जानकारी दिएको छ।

आयोगका अनुसार प्रत्यक्षतर्फको मतपत्र छपाइ सकिनु निर्वाचन तयारीको महत्वपूर्ण उपलब्धि हो। यसअघि नै समानुपातिक निर्वाचन प्रणालीअन्तर्गतका सबै मतपत्रको छपाइ पूरा भइसकेको आयोगले जनाएको छ।

निर्वाचन आयोगले तोकेको कार्यतालिकाअनुसार ११ फागुनभित्र सम्पूर्ण मतपत्र छपाइ सम्पन्न गर्ने लक्ष्य लिएको छ। समयमै मतपत्र छपाइ सम्पन्न भएपछि त्यसलाई सुरक्षित रूपमा भण्डारण तथा सम्बन्धित निर्वाचन क्षेत्रमा ढुवानी गर्ने तयारी समेत अघि बढाइएको आयोग स्रोतले जनाएको छ।

Advertisement

निर्वाचनलाई स्वच्छ, निष्पक्ष र विश्वसनीय बनाउन मतपत्र छपाइदेखि वितरणसम्म उच्च सतर्कता अपनाइएको आयोगको भनाइ छ। छपाइ कार्यमा सुरक्षा निकायको निगरानी रहेको छ भने गोपनीयता र मापदण्डको पूर्ण पालना गरिएको बताइएको छ।

राजनीतिक संक्रमण र विशेष परिस्थितिका बीच पनि निर्वाचन तयारी तीव्र रूपमा अघि बढिरहेको सन्देशका रूपमा मतपत्र छपाइलाई लिइएको छ। आयोगले सबै मतदाता ढुक्क भएर मतदान गर्न सक्ने वातावरण निर्माणमा कुनै कसर बाँकी नराखिने प्रतिबद्धता व्यक्त गरेको छ।

आगामी दिनमा मतपत्र ढुवानी, मतदान केन्द्र व्यवस्थापन, सुरक्षाको अन्तिम तयारी र कर्मचारी परिचालन जस्ता कामहरूलाई तीव्रता दिइने निर्वाचन आयोगले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×
Advertisement