Advertisement
Advertisement
Advertisement

प्रतिनिधिसभा चुनावमा भाग लिन ८० दल दर्ता..

रियल खबर अनलाईन काठमाडौँ -९ मंसिर, प्रतिनिधिसभा निर्वाचनमा भाग लिने प्रयोजनका लागि मंगलबारसम्म ८० राजनीतिक दल निर्वाचन आयोगमा दर्ता भएका छन् । निर्वाचन प्रयोजनका लागि दल दर्ता हुने समय अझ एक दिन बाँकी छ । त्यस अवधिमा चुनावमा भाग लिन चाहने दलको संख्या थपिने सम्भावना छ ।

आयोगमा दर्ता रहेका दलहरूले हुन लागेको निर्वाचनमा भाग लिने प्रयोजनका लागि पुनः दर्ता निवेदन दिनुपर्ने कानुनी प्रावधान छ । त्यही अनुसार आयोगले २१ फागुनमा हुन लागेको प्रतिनिधिसभा निर्वाचनमा भाग लिन चाहने राजनीतिक दलहरूका लागि १–१० मंसिरसम्मको समय दल दर्ताका लागि दिएको छ ।

प्रतिनिधिसभा पुनः स्थापनको पक्षमा उभिँदै आएको एमालेले पनि मंगलबार निर्वाचनमा भाग लिने प्रयोजनका लागि दल दर्ता गराएको छ । यथास्थितिमै हुने निर्वाचनबाट मुलुकको निकास सम्भव नहुने विचार राख्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि निर्वाचनमा भाग लिने जनाएको छ । राप्रपाले पनि मंगलबार नै दल दर्ताको निवेदन दिएको हो ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×
Advertisement