Advertisement
Advertisement
Advertisement

मन्त्री कुलमान घिसिङ भन्छन् निर्धारित मितिमै निर्वाचन हुन्छ।


रियल खबर अनलाई१५ मंसिर, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकासमन्त्री कुलमान घिसिङले निर्धारित मितिमै निर्वाचन सम्पन्न हुने स्पष्ट बताएका छन् । आगामी निर्वाचनबारे शंका गर्नुपर्ने कुनै कारण नरहेको उनले जोड दिए ।

बेलबारी नगरपालिकास्थित आदिवासी जनजाति भवनमा आज दिउँसो आयोजित अन्तरक्रिया कार्यक्रममा मन्त्री घिसिङले देशभर आवश्यक तयारी तीव्र रूपमा भइरहेको र चुनाव स्थगित हुनेजस्तो भ्रममा नपर्न आग्रह गरे ।

उनका अनुसार—
🔹 निर्वाचन आयुक्तदेखि स्थानीय निकायसम्म सबै संयन्त्र सक्रिय छन्।
🔹 आवश्यक पूर्वाधार, सुरक्षा तथा प्राविधिक तयारी निर्धारित समयमै पूरा हुँदैछ।
🔹 सरकार लोकतान्त्रिक अभ्यासलाई मजबुत बनाउन प्रतिबद्ध छ।

Advertisement

मन्त्री घिसिङको भनाइ अनुसार—“निर्वाचन तोकिएकै मितिमा हुन्छ, ढुक्क रहनुहोस्। शंका गर्नुपर्ने कुनै ठाउँ छैन।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×
Advertisement