Advertisement
Advertisement
Advertisement

जेन–जी आन्दोलनका घाइतेको उपचारमा सरकारको बेवास्ता, पीडामा परिवार

🔴 जेन–जी आन्दोलनका घाइतेहरूको पीडा अझै निको हुन सकेको छैन, राज्यको जवाफदेहिता अझै प्रश्नमै छ।

रियल खबर अनलाइन | २ पुष काठमाडौं । जेन–जी आन्दोलनका क्रममा घाइते भएका युवाहरूको उपचारप्रति सरकार गम्भीर नदेखिएको भन्दै पीडित परिवारहरूले गुनासो गरेका छन्। भनसुन गर्न सकेमात्र निःशुल्क उपचार सम्भव हुने अवस्था सिर्जना भएको आरोप उनीहरूको छ।

पीडितहरूका अनुसार प्रारम्भिक उपचार त गरिएको भए पनि फलोअप उपचारमा ठूलो खर्च लाग्ने भएकाले धेरै घाइतेहरू अस्पतालबाट औपचारिक रूपमा डिस्चार्ज नै नलिई डेराबाट आउजाउ गर्दै उपचार गराइरहेका छन्। आर्थिक अभावका कारण आवश्यक औषधि, परीक्षण र नियमित उपचारमा समस्या भइरहेको उनीहरूको भनाइ छ।

घाइते युवाहरूका परिवारले राज्यले जिम्मेवारीबाट पन्छिन खोजेको महसुस गरिरहेका छन्। आन्दोलनमा घाइते भएकाहरूको उपचारलाई राज्यको दायित्व ठान्दै उनीहरूले निःशुल्क तथा दीर्घकालीन उपचारको सुनिश्चितता गर्न सरकारसँग माग गरेका छन्।

Advertisement

मानवअधिकारकर्मीहरूका अनुसार घाइतेहरूको उपचारमा विभेद हुनु गम्भीर मानवीय र नैतिक प्रश्न हो। उनीहरूले तत्काल प्रभावकारी राहत, उपचार र पुनःस्थापनाको व्यवस्था गर्न सरकारलाई आग्रह गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×
Advertisement