रियल खबर अनलाईन २ पुष । बलिउड स्टार नायक संजय दत्त काठमाडौंमा आउँदैछन् । उनको नेपाल आगमन भने फिल्मको काम विशेषले होइन, काठमाडौँमा संचालित एक क्यासिनो उद्घाटनको लागि आउन लागेका छन्।
आउदो पुस २४ मा काठमाडौंको केसरमहल स्थित होटल बाराहीले संचालनमा ल्याउन लागेको बादशाह क्यासिनो उद्घाटनको लागि दत्त काठमाडौँ आउन लागेका हुन् । ‘उहाँ क्यासिनो प्रवर्धनको लागि आउन लाग्नुभएको हो’ होटल स्रोतले हाम्रा प्रयटन रिपोटर लाई जानकारी गरायका छन् , ‘उहाँलाई विशेष अतिथिको रुपमा ल्याउन लागेका थाहा हुन आयो।’






