Advertisement
Advertisement
Advertisement

महामन्त्रीमार्फत ७७ जिल्लाका सभापतिलाई गगनले निर्देशनात्मक पत्र

रियल खबर अनलाइन १३ माघ, काठमाडौं ।नेपाली कांग्रेशका पार्टी महामन्त्रीमार्फत देशभरका ७७ वटै जिल्लाका सभापतिहरूलाई औपचारिक पत्राचार गरिएको छ । उक्त पत्रमा विशेष महाधिवेशनमा सहभागी भएका तथा सहभागी नभएका, सहमत भएका वा असहमत सबै पक्षलाई समान रूपमा समेट्दै पार्टीको विधि, विधान र लोकतान्त्रिक मूल्यलाई केन्द्रमा राखेर अगाडि बढ्न आग्रह गरिएको छ ।

पत्रमा विशेष रूपमा जित–हारको बहसभन्दा माथि उठ्दै आन्तरिक एकता मजबुत बनाउने र आगामी निर्वाचनलाई प्रमुख लक्ष्य बनाएर संगठन सुदृढ गर्न आह्वान गरिएको छ । पार्टीभित्र देखिएका मतभेदलाई प्रक्रियागत रूपमा समाधान गर्दै समग्र रूपमा चुनावी अभियानमा केन्द्रित हुनुपर्ने सन्देश स्पष्ट रूपमा उल्लेख गरिएको छ ।

पार्टी नेतृत्वले सबै तहका नेता तथा कार्यकर्तालाई अनुशासन, एकता र जिम्मेवारीबोधका साथ निर्वाचनमा होमिन आग्रह गरेको छ ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×
Advertisement