रियल खबर अनलाईन | १५ माघ, काठमाडौं नेपाली कांग्रेस मधेश प्रदेश कार्यसमितिले महत्वपूर्ण बैठक आह्वान गरेको छ। फागुन ७ गते जनकपुरमा आयोजना हुने भव्य मधेश सभाको तयारीलाई केन्द्रमा राख्दै यो बैठक बोलाइएको हो।
मधेश प्रदेश प्रचार विभाग प्रमुख नितिशकुमा गुप्ताका अनुसार बैठकमा पार्टीका सभापति गगन कुमार थापा पनि उपस्थित हुनेछन्। मधेश सभालाई प्रभावकारी, ऐतिहासिक र जनमुखी बनाउने रणनीति तय गर्न बैठकमा सांगठनिक तयारी, प्रचार–प्रसार, व्यवस्थापन र राजनीतिक सन्देशबारे गहन छलफल हुने बताइएको छ।
मधेश प्रदेशको राजनीतिक भविष्य र कांग्रेसको भूमिकालाई थप मजबुत बनाउने उद्देश्यसहित आयोजना हुन लागेको मधेश सभालाई लिएर पार्टीभित्र उत्साह बढ्दै गएको छ। जनकपुर केन्द्रित सभाले मधेशमा कांग्रेसको सशक्त उपस्थितिको सन्देश दिने अपेक्षा गरिएको छ।






