Advertisement
Advertisement
Advertisement

आम जनता पार्टी (आजपा)का प्रभु साहले गरे भेला


रियल खबर अनलाईन १५ माघ, काठमाडौं । काठमाडौंमा आयोजित आजपाको विशेष भेलालाई सम्बोधन गर्दै अध्यक्ष साहले हिमाल, पहाड, तराई, नदी, झरना, वनजंगल र जैविक विविधताले भरिपूर्ण नेपाल विश्वकै आकर्षक पर्यटकीय गन्तव्य भएको उल्लेख गरे। उनले भने, “नेपालको प्राकृतिक सौन्दर्य आफैंमा ठूलो सम्पत्ति हो, यसको सही प्रचार र व्यवस्थापन गर्न सकियो भने रोजगारी सिर्जना, विदेशी मुद्रा आर्जन र आर्थिक उन्नतिमा ठूलो टेवा पुग्छ।”

प्रभु साहले पर्यटन प्रवर्द्धनलाई राष्ट्रिय प्राथमिकतामा राख्नुपर्नेमा जोड दिँदै सरकार, निजी क्षेत्र र स्थानीय समुदायबीच सहकार्य आवश्यक रहेको बताए। उनले युवालाई पर्यटन, संस्कृति र प्रकृतिसँग जोडिएका उद्यमतर्फ आकर्षित गर्न सके देशको भविष्य अझ उज्यालो हुने विश्वास व्यक्त गरे।

भेलामा पार्टीका नेता तथा कार्यकर्ताहरूको उल्लेख्य सहभागिता रहेको थियो भने आजपाले आगामी दिनमा राष्ट्रिय हित र जनजीविकासँग जोडिएका मुद्दालाई सशक्त रूपमा उठाउँदै जाने प्रतिबद्धता व्यक्त गरेको छ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×
Advertisement