रियल खबर काठमाडौंबाट मंगलबार बिहान ओखलढुङ्गाको रगनी जाँदै गरेको ९९७५ नम्बरको बस नदीमा खस्दा उनीहरुकाे मृत्यु भएकाे प्रहरीले बताएकाे हाे । साेही दुर्घटनामा परी उनीहरुकाे घटनास्थलमै मृत्यु भएको उद्धारमा संलग्न एक जना प्रहरीले बताएका छन् । ६ जनालाई भने उद्धार गरेर उपचारका लागि अस्पताल पठाएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएकाे हाे ।
दुर्घटनाकाे थप विवरण आउन भने बाँकी रहेकाे प्रहरीले बताएकाे छ ।






