Advertisement
Advertisement
Advertisement

‘फेक रेस्क्यु’ धन्दा पर्दाफास — करोडौं कमाउनेहरू अब जेल जाने तयारीमा

रियल खबर अनलाईन | ११ चैत्र | काठमाडौँ – काठमाडौँमा लामो समयदेखि चल्दै आएको बहुचर्चित ‘फेक रेस्क्यु’ गिरोहको कालो धन्दा अन्ततः उजागर भएको छ। सामान्य अवस्थामा रहेका पर्यटकलाई समेत गम्भीर बिरामी भएको झुटो रिपोर्ट तयार पार्दै हेलिकप्टर उद्धार गरिएको देखाई बीमा कम्पनीहरूबाट करोडौं रुपैयाँ असुल्ने संगठित नेटवर्क सक्रिय रहेको पाइएको छ।

स्रोतका अनुसार, यो गिरोहले विदेशी पर्यटकलाई अनावश्यक रूपमा हेलिकप्टरमार्फत उद्धार गराएको देखाएर बीमा दाबी पेश गर्दै ठूलो रकम कुम्ल्याउँदै आएको थियो। उक्त अवैध आम्दानीबाट संलग्न व्यक्तिहरूले काठमाडौँको ठमेल क्षेत्रमा महंगा रेस्टुरेन्ट र होटेल सञ्चालन गर्दै विलासी जीवन बिताइरहेको समेत खुलेको छ।

अझ चकित पार्ने कुरा के भने, यस प्रकरणमा पर्यटन क्षेत्रसँग सम्बन्धित केही उच्च पदस्थ अधिकारीहरू समेत संलग्न रहेको प्रारम्भिक अनुसन्धानले देखाएको छ। यसले नेपालको पर्यटन क्षेत्रको विश्वसनीयतामाथि गम्भीर प्रश्न उठाएको छ।

Advertisement

सरकारले यस विषयलाई गम्भीरतापूर्वक लिँदै छानबिन तीव्र बनाएको छ। सम्बन्धित निकायहरूले दोषीहरूलाई छिट्टै कानुनी दायरामा ल्याई कारबाही प्रक्रिया अघि बढाउने तयारी गरेका छन्।

अब प्रश्न उठेको छ — करोडौंको ठगीमा संलग्न यी व्यक्तिहरू साँच्चै जेल पुग्लान् त?

रियल खबरले यस प्रकरणको थप विवरण र अनुसन्धानको अपडेट निरन्तर प्रस्तुत गर्दै जानेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×
Advertisement