Advertisement
Advertisement
Advertisement

सुकुम्बासी बस्तीमा डोजर….

रियल खबर अन लाईन बैशाख २१ काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा रहेका सुकुम्बासी बस्तीहरू खाली गराउने अभियान तीव्र बनेको छ। प्रधान मन्त्रि बालेन्द्र शाह (बालेन) को नेतृत्वमा अवैध रूपमा बसोबास गरिएका क्षेत्रमा व्यवस्थापन र सरसफाइ अभियान अघि बढाइएको हो।

काठमाडौँको, नदी किनार तथा सडक आसपासका अतिक्रमित क्षेत्रहरू हटाउँदै व्यवस्थित सहर निर्माण गर्ने लक्ष्य राखेको जनाएको छ। यस क्रममा सम्बन्धित बस्तीहरूमा सूचना जारी गर्दै निश्चित समयसीमा भित्र स्थान खाली गर्न आग्रह गरिएको छ।

तर, उक्त कदमप्रति स्थानीय सुकुम्बासी समुदायमा त्रास र असन्तुष्टि देखिएको छ। उनीहरूले वैकल्पिक व्यवस्था बिना हटाइनु अन्यायपूर्ण हुने भन्दै सरकारसँग पुनर्वासको माग गरेका छन्।

Advertisement

सरकार भने दीर्घकालीन सहर व्यवस्थापन, सुन्दरता र सार्वजनिक हितका लागि यो अभियान आवश्यक रहेको बताउँदै आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×
Advertisement