Advertisement
Advertisement
Advertisement

काभ्रेकी प्रतिभाशाली सबिना सिन्चुरी ‘मिस ग्राण्ड नेपाल २०२६’ को प्रतिस्पर्धामा

नृत्य र मोडलिङप्रतिको लगावसँगै अन्तर्राष्ट्रिय मञ्चमा नेपालको पहिचान स्थापित गर्ने सपना

रियल खबर अनलाइन | काठमाडौं काभ्रे जिल्लामा जन्मिएकी सबिना सिन्चुरी, श्याम सिन्चुरी तथा सर्मिला सिन्चुरीकी जेठी पुत्री, अहिले ९औँ मिस ग्राण्ड नेपाल २०२६ को प्रतिस्पर्धामा आफ्नो प्रतिभा, आत्मविश्वास र सौन्दर्य प्रस्तुत गर्दै अघि बढिरहेकी छन्।

बाल्यकालदेखि नै नृत्य र मोडलिङप्रति विशेष रुचि राख्ने सबिना आफ्नो कला, व्यक्तित्व र मेहनतका माध्यमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गर्ने सपना बोकेर प्रतियोगितामा सहभागी भएकी हुन्। उनी विश्वास गर्छिन् कि सौन्दर्यसँगै प्रतिभा, अनुशासन, आत्मविश्वास र सकारात्मक सोचले नै सफलताको मार्ग प्रशस्त गर्छ।

मिस ग्राण्ड नेपाल २०२६ को ताज जितेर विश्वमञ्चमा नेपालको संस्कृति, पर्यटन, कला र नेपाली महिलाको क्षमता उजागर गर्ने उनको ठूलो लक्ष्य रहेको छ। उनी प्रतियोगितामार्फत आफ्नो प्रतिभा मात्र होइन, नेपाललाई विश्वसामु गौरवका साथ चिनाउने अवसरका रूपमा यो यात्रालाई लिएकी छन्।

Advertisement

यस अवसरमा सबिनाले सम्पूर्ण नेपाली दाजुभाइ–दिदीबहिनी, साथीभाइ तथा शुभेच्छुकहरूसँग आफूलाई भोट गरी विजयी बनाउन हार्दिक अपिल गरेकी छन्।

“मिस ग्राण्ड नेपाल २०२६ को ताज जितेर अन्तर्राष्ट्रिय मञ्चमा नेपालको नाम उजागर गर्नु मेरो सपना हो। मेरो यो यात्रालाई सफल बनाउन यहाँहरूको अमूल्य भोट, माया र साथको अपेक्षा गरेकी छु।”सबिना सिन्चुरी

🌟 तपाईंको एउटा भोटले सबिना सिन्चुरीको सपना साकार बनाउन र नेपालको गौरव विश्वमञ्चमा अझ उचाइमा पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ। 🇳🇵👑

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×
Advertisement