रियल खबर अनलाईन २ पुष । एमाले महाधिवेशन : नेतृत्व चयन गर्न आज मतदान हुँदै, नेकपा एमालेको ११औं महाधिवेशनअन्तर्गत आज नयाँ नेतृत्व चयनका लागि मतदान हुँदैछ ।
हिजो मंगलबार हुनुपर्ने निर्वाचन भए पनि एक दिन सारिएको । मतदानका लागि प्रतिनिधिहरू पुस १ गतेको जाडो सहेर लाइनमा बसिसकेका बेला अचानक साँझ ७ बजे मतदान सारिएको थियो ।
मतदानको लागि ८० वटा मेसिन राखिएको छ । रामलक्ष्मण इनोभेसन प्रालिले तयार पारेको विद्युतीय मेसिनबाट हुने मतदानमा कुल २ हजार २६३ प्रतिनिधि निर्वाचनमा सहभागी हुँदैछन् ।
नयाँ नेतृत्वका लागि केपी शर्मा ओली र ईश्वर पोखरेल प्यानलै बनाएर प्रतिस्पर्धामा उत्रिएका छन् । मतदान आज बिहान ८ बजे सुरु गर्ने तयारी गरिएको छ । मतदान भृकुटीमण्डपमै हुनेछ ।एमालेले इलेक्ट्रोनिक भोटिङ गर्न लागेको छ । प्राविधिकि रूपले मेसिन जडान गर्ने काम मंगलबार नै सकिएको थियो ।
किन मतदान सारिएको हठ हुन सकेन।






