रास्वपामा कुलमान पक्षका केन्द्रीय सदस्य पठाउन ढिलाइ !

रियल खबर अनलाईन | २२ पुस, काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र केन्द्रीय सदस्य मनोनयनको विषयलाई लिएर आन्तरिक असमझदारी सतहमा आएको छ। आइतबार रास्वपाले बालेन शाह र कुलमान घिसिङ पक्षका नेताहरूलाई केन्द्रीय सदस्यमा मनोनीत गरी शपथ खुवाउने तयारी गरे पनि अन्तिम समयमा कुलमान घिसिङ पक्षका नेताहरू शपथ कार्यक्रममा सहभागी भएनन्

पार्टी स्रोतका अनुसार कुलमान पक्षबाट केन्द्रीय सदस्य बन्ने आकांक्षीको संख्या धेरै भएकाले नाम टुंगो लाग्न नसकेको हो। “हाम्रो पक्षको नाम फाइनल भएको छैन। केन्द्रीय सदस्य बन्न चाहनेको संख्या धेरै छ तर रास्वपाबाट प्राप्त कोटा कम छ,” घिसिङ निकट एक नेताले बताएका छन्।

यस घटनाले रास्वपाभित्र नेतृत्व व्यवस्थापन र आन्तरिक शक्ति सन्तुलनबारे प्रश्न उठाएको छ। बालेन पक्षका नेताहरू भने निर्धारित कार्यक्रमअनुसार शपथ प्रक्रियामा सहभागी भएको बताइएको छ।

कुलमान पक्षका केन्द्रीय सदस्य मनोनयन कहिले टुंगिन्छ भन्ने विषय अझै अनिश्चित देखिएको छ। पार्टी नेतृत्वले यस विषयमा औपचारिक धारणा सार्वजनिक गर्न बाँकी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *