Headlines

हिमालयन सेक्युरिटिजको वार्षिक साधारण सभा सम्पन्न, ८ प्रतिशत नगद लाभांश पारित

काठमाडौँ : हिमालयन सेक्युरिटिज लिमिटेडको पाँचौँ वार्षिक साधारण सभा शुक्रबार कम्पनीको दर्ता कार्यालय, कमलादी, काठमाडौंमा सम्पन्न भएको छ । सभाले आ.व. २०८१/८२ को सञ्चालक समितिको प्रतिवेदन, वित्तीय विवरण (वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण) लगायतका वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरेको छ । साथै, सञ्चालक समितिले प्रस्ताव गरेअनुसार चुक्ता पूँजीको ८ प्रतिशत (करसहित) नगद लाभांश…

Read More

मुस्ताङबाट ३५ करोडभन्दा बढी मूल्यका भेडाच्याङ्ग्रा निकासी   

स्ताङ, १० असोजः यसवर्ष मुस्ताङबाट करिब रु ३५ करोडभन्दा बढी मूल्यका भेडाच्याङ्ग्रा निकासी गरिएको छ । यहाँको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका अनुसार दसैँका लागि मुस्ताङसहित कर्णाली प्रदेशको डोल्पा, मुगु र जुम्लाबाट मुस्ताङको घाँसा हुँदै बेनी—जोमसोम कोरला सडकमार्गबाट १४ हजार ६६८ भेडाच्याङ्ग्रा निकासी गरिएको हो । केन्द्रका पशु चिकित्सक डा लालमणि अर्यालका अनुसार यहाँबाट…

Read More

काठमाडौँ महानगरभित्रका विद्यालय तीन दिन बन्द गर्ने निर्णय

काठमाडाैँ । काठमाडाैँ महानगरपालिकाले साेमबार भएको आन्दोलनलाई मध्यनजर गर्दै महानगरभित्रका सम्पूर्ण विद्यालयहरूलाई भदौ २४ देखि २६ गतेसम्म तीन दिन बन्द गर्ने निर्णय गरेको छ। महानगरको निर्णयसँगै विद्यालयहरुले मेसेज गरेर बिदाबारे अभिभावकलाई जानकारी गराएका छन् । आज जेनजी पुस्ताहरूले भ्रष्टाचार लगायतविरूद्ध प्रदर्शन गरेका थिए । उक्त प्रदर्शनमा १९ जनाले ज्यान समेत गुमाइसकेका छन् । 

Read More

शिक्षामन्त्री पुनसमक्ष विद्यालय कर्मचारीको ध्यानाकर्षण

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनसमक्ष नेपाल विद्यालय कर्मचारी  परिषद्ले सामुदायिक विद्यालय कर्मचारीलाई दरबन्दीमा राख्नुपर्ने लगायत माग प्रस्तुत गरेको छ । परिषद्ले विद्यालय कर्मचारीका लामो समयदेखि थाँती रहेको समस्या र विगतमा सरकारसँग भएका सहमतिका आधारमा उचित सम्बोधनका लागि शिक्षामन्त्री पुनलाई आज केशरमहलस्थित मन्त्रालयमा भेटेर आग्रह गरेको जनाइएको छ ।  परिषद्का केन्द्रीय अध्यक्ष…

Read More

सीटीईभीटीलाई शिक्षामन्त्रीले दिए चार निर्देशन

काठमाडौँ । शिक्षा,विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्(सीटीईभीटी) लाई विभिन्न चार वटा निर्देशन दिएका छन् ।  मौजुदा पाठ्यक्रमलाई सुधार गरी नवप्रवर्तनलाई समावेश गर्न खाका तयार गरी असोज मसान्त भित्र पेस गर्न सीटीईभीटीलाई निर्देशन दिइएको छ ।  त्यस्तै एकीकृत क्यालेन्डर बनाउने र परीक्षाको नतिजा तीन महिनाभित्र अनिवार्य रूपमा प्रकाशन गर्ने व्यवस्था…

Read More

चुनावको दिनगन्ती सुरु भइसक्दा ‘अपूर्ण’ सरकारको ‘अलमल’

छ महिनाभित्र चुनाव गराउने सर्तसहित अन्तरिम प्रधानमन्त्री बनेकी सुशीला कार्कीसँग प्रतिनिधिसभा निर्वाचन गराउन अब १६७ दिन मात्रै बाँकी छन्। प्रधानमन्त्री नियुक्त भएकै दिन उनको सरकारले १७५ दिनभित्र अर्थात् फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन गराउने घोषणा गर्‍यो। कतिपयका टिप्पणीमा ‘निकै छोटो’ समयमा चुनाव गराउने वाचा गरेकी कार्कीले प्रधानमन्त्री नियुक्त भएको एक सातासम्म पनि १५ वटा मन्त्रालय…

Read More

‘अख्तियार’ र विशेष अदालतमा आगजनी भए पनि भ्रष्टाचारका उजुरी र प्रमाण ‘जीवितै’

भ्रष्टाचारविरुद्ध र सुशासनलाई पनि मुद्दा बनाएको जेन जी आन्दोलनका क्रममा भ्रष्टाचारको मुद्दा हेर्ने विशेष अदालत र अनुसन्धान गरेर मुद्दा चलाउने अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कार्यालयलाई पनि निसाना बनाइयो। आगलागीले ती दुवै निकायका भौतिक संरचनामा क्षति पुगेको छ। त्यसले गर्दा पहिले जसरी नियमित काममा फर्किन केही समय लाग्ने अधिकारीहरूले जनाएका छन्। आन्दोलनमा घुसपैठ भएको चर्चाका बीच…

Read More

‘हरिबहादुरको जुत्ता’बारे हरिवंश : फिल्मको कथावस्तु जेनजीका मागसँग मिल्दोजुल्दो

काठमाडौं । सोमबार फूलपातीदेखि प्रदर्शन तयारीमा रहेको फिल्म ‘हरिबहादुरको जुत्ता’ अहिले प्रचारप्रसारमा ब्यस्त छ । बिहीबार आयोजित पत्रकार भेटघाटमा फिल्मका निर्माता, निर्देशक र अभिनेताले फिल्म किन हेर्न आवश्यक छ भन्ने कुराबारे चर्चा गरे । ट्रेलरबाट नै यो फिल्मको कथावस्तु जेनजी आन्दोलन र उनीहरूका मागसँग मिल्दोजुल्दो रहेको झल्को प्रस्तुत गरिएको थियो । पत्रकार भेटघाटमा पनि अभिनेता…

Read More

‘अवतार ३’ को ट्रेलर : पाण्डोरा ग्रहमा नावी आदिवासीसँग घमासान युद्धको कथा

काठमाडौं । हलिउड स्टुडियो ट्वेन्टिथ सेन्चुरी फक्सले बहुप्रतीक्षित फिल्म ‘अवतार : फायर एन्ड एस’को नयाँ ट्रेलर सार्वजनिक गरेको छ । जेम्स क्यामरुन निर्देशित यो फिल्म ‘अवतार’को तेस्रो श्रृंखला हो । फिल्मका अघिल्ला दुवै श्रृंखला विश्व बक्सअफिसमा सर्वकालिन धेरै कमाइ गर्ने ५ शीर्षस्थानमा छन् । तेस्रो श्रृंखला १९ डिसेम्बरमा प्रदर्शन तयारीमा छ । ट्रेलरले जेक सुली…

Read More

मन्त्री घिसिङसँग युरोपेली सङ्घका राजदूत लोरेन्जोको शिष्टाचार भेटवार्ता 

काठमाडौँ : ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवम् सहरी विकासमन्त्री कुलमान घिसिङसँग नेपालका लागि युरोपेली सङ्घका राजदूत भेरोनिक लोरेन्जोले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । सिंहदरबारस्थित ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा आज भएको भेटमा मन्त्री घिसिङलाई राजदूत लोरेन्जाले युरोपेली सङ्घकातर्फबाट बधाई दिनुका साथै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको मन्त्री घिसिङको सचिवालयले जनाएको छ…

Read More