Advertisement
Advertisement
Advertisement

एक लाख कर्मचारीको कमान्डर को बन्ला ?

रियल खबर अनलाईन ७ मंसिर – काठमाडौं । स्थायी सरकारको रूपमा रहेको निजामती प्रशासनको सर्वोच्च जिम्मेवारी सम्हाल्ने मुख्य सचिव पद रिक्त हुन लागेसँगै सो पदमा पुग्न सिंहदरबारमा उच्चस्तरीय कसरत तीव्र बनेको छ । आगामी मंसिर ९ गते मंगलवारदेखि हालका मुख्य सचिव एकनारायण अर्याल ५८ वर्ष उमेर हद पूरा गरी अवकाशमा जाँदै हुनुहुन्छ ।

यससँगै झण्डै १ लाख निजामती कर्मचारीको केन्द्रीय कमान्ड हाँक्ने मुख्य कमान्डरमा कसले बाजी मार्ला भन्ने जिज्ञासासहित विभिन्न अनुमान र अड्कलबाजी गर्न थालिएको छ । हालका मुख्य सचिव अर्याल आगामी मंगलवार रातीदेखि अवकाशमा जानुहुने भएकाले सरकारले उहाँको ठाउँमा नयाँ मुख्य सचिव नियुक्त गर्ने अन्तिम तयारी अघि बढाएको हो । सम्भवत मंगलबारसम्म मुलुकले २९ औ नयाँ मुख्य सचिव पाउने छ ।

जेन–जी आन्दोलनपछिको मुलुकको जटिल राजनीतिक–प्रशासकीय वातावरणबीच प्रधानमन्त्रीको प्रमुख सल्लाहकारको भूमिकामा रहने मुख्य सचिव हुनका लागि योग्य, नैतिकवान, समन्वयकारी, क्षमतायुक्त, आम कर्मचारीको कुशल अभिभावक बन्न सक्ने र राष्ट्रसेवाप्रति प्रतिबद्ध व्यक्तित्व आवश्यक हुने आम कर्मचारीको भनाइ छ ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×
Advertisement