रियल खबर अनलाईन ईन्डिया । भारतका दिग्गज अभिनेता धर्मेन्द्रको निधनपछि बलिउडमा अहिले शोकको माहोल छ । राजनीतिज्ञ, सेलिब्रेटीदेखि सर्वसाधारणसम्मले उनको निधनमा शोक व्यक्त गरिरहेका छन् ।
८९ वर्षको उमेरमा निधन भएका धर्मेन्द्रको अन्त्येष्टि सोमबार नै गरिएको छ । उनको निधनमा बलिउडका अर्का मेगास्टार अमिताभ बच्चनले सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन् । धर्मेन्द्रको निधनले शून्यता सिर्जना गरेको र जुन सँधै रहने उनले बताएका छन् ।






