Advertisement
Advertisement
Advertisement

कांग्रेसमा आन्तरिक कडा संकट।।।


रियल खबर अनलाईन ११ मंसिर काठमाडौँ । नेपालको सबै भन्दा ठुलो र पुरानो दल ,नेपाली कांग्रेसको चुनावअघि महाधिवेशन गर्ने विषयले आन्तरिक विवाद हुँदा पार्टीभित्र आन्तरिक संकटमा छ । महाधिवेशनको एजेण्डामा सहमति खोजेर निर्णय लिनका लागि चारदिन केन्द्रीय समिति बैठक पर सारिएपनि प्रगति नभएको नेताहरूले बताएका छन् ।

६ मंसिरमा बसेको केन्द्रीय समितिको बैठकमा महाधिवेशनको एजेण्डामा सहमति खोजेर पुनः बैठक बस्ने निर्णयहरू सार्वजनिक गरिएको थियो । केन्द्रीय समितिको बैठक बस्नु अघिल्लो रात बुधबारसम्म सहमति जुट्न नसकेसँगै केन्द्रीय समितिको बैठक एकदिन पर सारिएको छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले बुधबार छलफल गरेका थिए । नेताहरू सहमतिमा पुग्न नसकेपछि मंसिर ११ को बैठक एकदिन पर सारिएको होला ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×
Advertisement