Advertisement
Advertisement
Advertisement

बालेनसँग जोडेर फैलाइएको पोस्टमा कुनै सत्यता छैन : जितु नेपाल…

रियल खबर अनलाईन फागुन १५, काठमाडौं। लोकप्रिय कलाकार जितु नेपाल यतिबेला आफूले नबोलेको अभिव्यक्तिसँग जोडेर सामाजिक सञ्जालमा फैलाइएको भ्रामक सामग्रीका कारण हैरानीमा परेका छन्। विभिन्न प्लेटफर्ममा उनको नाम दुरुपयोग गर्दै राजनीतिक सन्देश फैलाइएपछि उनले उक्त सामग्री पूर्ण रूपमा झुटो भएको स्पष्ट पारेका छन्।

हाल उनी धनकुटामा आफ्नो आगामी फिल्म कार्की साइँला को छायांकनमा व्यस्त छन्। व्यस्त कार्यतालिकाबीच अचानक सामाजिक सञ्जालमा आफ्नो नाम मुछिएको देखेपछि उनी आश्चर्यचकित भएका छन्।

सामाजिक सञ्जालमा ‘दिनेश अधिकारी’ नामको नक्कली फेसबुक एकाउन्टबाट जितुलाई राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बालेन शाह सँग जोड्दै स्टाटस पोस्ट गरिएको थियो। उक्त पोस्ट सार्वजनिक भएपछि बालेनका समर्थक तथा केही पार्टी कार्यकर्ताबाट जितुमाथि आलोचना र गालीसमेत हुन थालेको बताइएको छ।

Advertisement

जितु नेपालले आफू कुनै पनि भ्रामक राजनीतिक अभिव्यक्तिमा संलग्न नरहेको र आफ्नो आधिकारिक धारणा बाहेक अन्य कुनै सामग्रीलाई विश्वास नगर्न आग्रह गरेका छन्। उनले सामाजिक सञ्जालमा नक्कली एकाउन्टमार्फत गलत सूचना फैलाउने प्रवृत्तिप्रति चिन्ता व्यक्त गर्दै यस्ता गतिविधि रोक्न सम्बन्धित निकाय गम्भीर बन्नुपर्ने बताए।

कलाकारको व्यक्तिगत प्रतिष्ठामाथि आघात पुग्ने गरी गरिने यस्ता गतिविधिले सामाजिक सञ्जालको विश्वसनीयतामाथि नै प्रश्न उठाएको छ। सत्य तथ्य नबुझी प्रतिक्रिया जनाउँदा व्यक्तिको छवि मात्र होइन, समग्र सामाजिक सद्भावमा समेत असर पर्ने देखिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×
Advertisement