Advertisement
Advertisement
Advertisement

चिया निर्यात ठप्प, व्यवसायी चिन्तित ,भारततर्फ नेपाली चिया निर्यात रोकियोप्रधानमन्त्रीले नै हस्तक्षेप गर्नुपर्ने व्यवसायीहरूको माग..

रियल खबर अनलाइन, १ जेठ, काठमाडौं । नेपालबाट भारततर्फ हुने चिया निर्यात पछिल्ला दुई सातादेखि पूर्ण रूपमा ठप्प भएपछि चिया व्यवसायीहरू गम्भीर चिन्तामा परेका छन् ।

भारतीय चिया बोर्डले १८ वैशाखदेखि लागू हुने गरी आयातित चियामा नयाँ “स्ट्यान्डर्ड अपरेटिङ प्रोसिजर” (SOP) लागू गरेपछि नेपाली चिया सिमानामै रोकिएको व्यवसायीहरूले बताएका छन् ।

📌 नयाँ नियमका कारण निर्यात प्रक्रिया जटिल बनेको र सयौँ टन चिया सीमाक्षेत्रमा अलपत्र परेको जनाइएको छ । यसले नेपाली चिया उद्योग, किसान तथा निर्यात व्यवसायमा प्रत्यक्ष असर परेको भन्दै व्यवसायीहरूले सरकारको तत्काल हस्तक्षेप माग गरेका छन् ।

Advertisement

⚠️ चिया व्यवसायीहरूको भनाइ अनुसार समस्या समाधानका लागि प्रधानमन्त्रीस्तरबाटै कूटनीतिक पहल आवश्यक देखिएको छ । उनीहरूले भारतसँग उच्चस्तरीय वार्ता गरी अवरोध हटाउन सरकारलाई आग्रह गरेका छन् ।

चिया नेपालको महत्वपूर्ण निर्यात वस्तु हो । लामो समय निर्यात बन्द हुँदा किसानदेखि उद्योगसम्म ठूलो क्षति हुन्छ,” व्यवसायीहरूको भनाइ छ ।

🌱 विशेषगरी इलाम, झापा लगायत पूर्वी नेपालका चिया उत्पादक क्षेत्र अहिले बढी प्रभावित बनेका छन् । उद्योगहरूमा उत्पादन थन्किने र किसानले उचित मूल्य नपाउने चिन्ता बढ्न थालेको छ ।

नेपाल–भारत व्यापार सम्बन्धकै महत्वपूर्ण विषय बनेको यो समस्या समाधानका लागि अब सरकारको सक्रिय कदमतर्फ सबैको ध्यान केन्द्रित भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×
Advertisement