रियल खबर अनलाईन असार १० काठमाडौँ। नेपालको अग्रणी इभेन्ट कम्पनी द राइजिङ क्रिएशनले विगत ७ वर्षदेखि गुणस्तरीय कार्यक्रमहरू आयोजना गर्दै युवा प्रतिभाहरूलाई अवसर प्रदान गर्दै आइरहेको छ। मिस्टर एण्ड मिस एसईई फेसनिष्टा, ग्ल्याम मोडल भोग लगायतका विभिन्न कार्यक्रममार्फत ७०० भन्दा बढी युवा मोडल तथा प्रतिभाहरूलाई राष्ट्रिय स्तरको मञ्च उपलब्ध गराइसकेको छ।

यसै क्रममा मिस्टर एण्ड मिस एसईई फेसनिष्टा सिजन–४ सफलतापूर्वक तथा भव्य रूपमा सम्पन्न भएको छ। एसईई उत्तीर्ण विद्यार्थीहरूका लागि नेपालकै प्रतिष्ठित प्लेटफर्मका रूपमा स्थापित यस प्रतियोगिताले केवल सौन्दर्य र फेसन मात्र नभई आत्मविश्वास, व्यक्तित्व विकास, नेतृत्व क्षमता तथा भविष्यका प्रतिभाशाली व्यक्तित्वहरूको पहिचान र विकासमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ।
👑 मिस्टर एसईई फेसनिष्टा सिजन–४ का विजेता:
👑 मिस एसईई फेसनिष्टा सिजन–४ की विजेता: शामी सुजी सुनार विजेताहरूले आफ्नो प्रतिभा, आत्मविश्वास, व्यक्तित्व र उत्कृष्ट प्रस्तुतिमार्फत निर्णायक मण्डल तथा दर्शकहरूको मन जित्न सफल भएका थिए।🎉 विजेता तथा सम्पूर्ण सहभागीहरूलाई हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरिएको छ।
🌟 द राइजिङ क्रिएशन ले आगामी दिनहरूमा पनि नेपाली युवाहरूको प्रतिभा प्रस्फुटन, व्यक्तित्व विकास तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय अवसर सिर्जनाका लागि यस्ता सिर्जनात्मक कार्यक्रमहरूलाई निरन्तरता दिने जनाएको छ।






