रियल खबर अनलाईन असार १६काठमाडौं । सरकारले देशभरका शैक्षिक संस्थाबाट दलीय विद्यार्थी संगठनका संरचना हटाउन निर्देशन दिएपछि त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफूले आधिकारिक रूपमा कुनै पनि दलीय विद्यार्थी संगठनलाई संरचना प्रयोग गर्न नदिएको स्पष्ट पारेको छ।
त्रिवि रजिष्ट्रार कार्यालयले विश्वविद्यालय अनुदान आयोगमार्फत शिक्षा मन्त्रालयलाई पत्राचार गर्दै विश्वविद्यालय अन्तर्गत कुनै पनि दलीय विद्यार्थी संगठनलाई आधिकारिक संरचना उपलब्ध नगराइएको जनाएको छ। साथै, यदि कुनै क्याम्पसमा त्यस्ता संरचना रहेको पाइएमा तत्काल हटाउन सम्बन्धित क्याम्पसलाई निर्देशन दिइएको पनि उल्लेख गरिएको छ।
यस कदमलाई विश्वविद्यालय परिसरलाई राजनीतिक प्रभावमुक्त, शैक्षिक वातावरणमैत्री र अनुशासित बनाउने प्रयास का रूपमा हेरिएको छ।






