काठमाडौं। भक्तपुरको खरिपाटीस्थित होल्डिङ सेन्टरमा आश्रय लिइरहेका विस्थापित सुकुमवासीहरूले सरकारले सोमबार साँझदेखि खाना वितरण बन्द गरेको र पिउने पानीसमेत नदिएको भन्दै गम्भीर गुनासो गरेका छन्।
प्रभावितमध्येकी कालीमाया परियारले आफ्नो पीडा सुनाउँदै भनिन्, “खाना त के, जार सबै भित्र राखेर हामीलाई पानी पनि दिइएन। बाटो–बाटोमा मानिसहरूले धर्मका लागि पानी राख्छन्, तर सरकारले सुकुमवासी भनेर हामीलाई धेरै हेप्यो।”
खाना र आधारभूत सुविधाको अभावले होल्डिङ सेन्टरमा बसोबास गरिरहेका परिवारहरू थप समस्यामा परेका छन्। पीडितहरूले तत्काल राहत, खाना, पिउने पानी तथा मानवीय व्यवहारको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।






