🌏 रियल खबर अनलाइन | १४ मंसिर‘दितवा’ नामक शक्तिशाली तूफानसँगै भएको लगातार भीषण वर्षापछि श्रीलंका अहिले गम्भीर मानवीय संकटबाट गुजरिरहेको छ। देशभर फैलिएको बाढी र पहिरोले कम्तीमा १३२ जनाको ज्यान लिएको पुष्टि भएको छ भने १७६ जना अझै बेपत्ता छन्।
राष्ट्रपति अनुरा कुमारा दिशानायकेले राष्ट्रिय सुरक्षालाई जोखिममा परेकाले आपतकाल घोषणा गर्दै देशलाई उद्धार र राहतका लागि उच्च सतर्कतामा राखेका छन्। सरकारले अन्तर्राष्ट्रिय समुदायसँग तत्काल सहयोगको अपिल गरेको छ। साथै विदेशमा रहेका श्रीलंकाली नागरिकहरुलाई स्वदेश पैसा पठाई उद्धार तथा पुनःस्थापनामा सहयोग गर्न आह्वान गरेको छ।यसैबीच, प्रभावित क्षेत्रमा सेना, प्रहरी र उद्धारकर्मी तैनाथ छन्, तर लगातारको वर्षाले उद्धार कार्य चुनौतीपूर्ण बनेको अधिकारीहरूले बताए।






