Advertisement
Advertisement
Advertisement

सामाजिक सञ्जालका कारण वीरगञ्जमा दङ्गा–फसाद, स्थिति नियन्त्रणमा..

रियल खबर अनलाइन | २३ पुस, काठमाडौँ – सामाजिक सञ्जालमार्फत फैलिएका भ्रामक तथा उत्तेजक सामग्रीका कारण वीरगञ्जमा दङ्गा–फसादको अवस्था सिर्जना भई आगजनीसमेत सल्किएको छ। दुई समुदायबीच तनाव बढेपछि स्थानीय प्रशासनले स्थिति नियन्त्रणमा लिन कर्फ्यु आदेश जारी गरेको थियो।

जिल्ला प्रशासन कार्यालय, पर्साले सद्भाव संयन्त्र गठन भएसँगै मंगलबारदेखि वीरगञ्ज महानगर क्षेत्रमा लगाइएको कर्फ्यु आदेश हटाएको जनाएको छ। स्थानीय प्रशासनका अनुसार, २१ पुस साँझदेखि दुई समुदायबीच झडपको स्थिति उत्पन्न भएपछि कर्फ्यु लगाइएको हो।

स्थिति सामान्य बनाउने उद्देश्यले हिन्दु, मुस्लिमलगायत धार्मिक समुदायका प्रतिनिधि, विभिन्न राजनीतिक दल तथा नागरिक समाजका व्यक्तिहरू सम्मिलित सद्भाव संयन्त्र गठन गरिएको छ। उक्त संयन्त्रलाई भविष्यमा धार्मिक तथा सामाजिक सद्भावविरुद्ध हुनसक्ने गतिविधि नियन्त्रण गर्न पहल गर्ने जिम्मेवारी दिइएको छ।

Advertisement

प्रशासनले सामाजिक सञ्जालमा फैलाइने अफवाह, घृणात्मक अभिव्यक्ति र उत्तेजक सामग्रीप्रति सजग रहन सर्वसाधारणलाई आग्रह गर्दै, शान्ति सुरक्षामा सहयोग गर्न सबै पक्षसँग अपिल गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×
Advertisement