रियल खबर अनलाईन २७ पुस, काठमाडौं । नेपाली कांग्रेसको आज बाट सुरुहुने विशेष महाधिवेशन काठमाडौंको भृकुटीमण्डपमा उद्घाटन गरिने,उद्घाटन भंग पहिला पद यात्रा गरिदै ,यस्तो छ रुट। ललितपुरको कुपण्डोल, काठमाडौंका सुन्धारा, रत्नपार्क, पद्मकन्या क्याम्पसचोक, शंकरदेव क्याम्पस, कमलपोखरीलगायतका स्थानबाट जुलुस भृकुटीमण्डपतर्फ बढ्नेछ ।
कांग्रेस काठमाडौँ जिल्ला सभापति सबुज बानियाँको सभापतित्वमा उद्घाटन कार्यक्रम हुनेछन् । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा हुन लागेको महाधिवेशनमा पार्टीका नेता शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई पनि निमन्त्रणा दिइएको छ ।






