रियल खबर अनलाईन २२ मंसिर मधेश – जनमत पार्टीका संसदीय दलका नेता महेशप्रसाद यादवले अर्थमन्त्री, कांग्रेसका जंगीलाल राय यादव र एकीकृत समाजवादीका प्रमुख सचेतक कनिश पटेलले बिना विभागीय मन्त्रीको शपथ ग्रहण गरेकाछन् ।
मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादव र तीन मन्त्रीले आइतबार प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णबाट पद तथा गोपनीयताको शपथ लिएका छन् । जनमत पार्टीका संसदीय दलका नेता महेशप्रसाद यादवले अर्थमन्त्री, कांग्रेसका जंगीलाल राय यादव र एकीकृत समाजवादीका प्रमुख सचेतक कनिश पटेलले बिना विभागीय मन्त्रीको शपथ ग्रहण गरेका हुन् ।






