Advertisement
Advertisement
Advertisement

थापाथलीमा सांसद आशिका तामाङ र ट्राफिक प्रहरीबीच विवाद..

सार्वजनिक भिडियोपछि फेरि चर्चामा सांसदको शैली

रियल खबर अनलाईन ६ जेठ, काठमाडौं। फेरि विवादमा तानिएकी छन्। काठमाडौंको थापाथली चोकमा ड्युटीमा खटिएका ट्राफिक प्रहरीसँग उनको भनाभन भएको भिडियो सार्वजनिक भएपछि घटनाले राजनीतिक तथा सामाजिक वृत्तमा व्यापक चर्चा पाएको छ।

सार्वजनिक भिडियोअनुसार सडकको बीचमै सांसद तामाङ र ट्राफिक प्रहरीबीच चर्काचर्की भएको देखिन्छ। घटनापछि सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रिया आइरहेका छन्। कतिपयले सांसदको व्यवहारमाथि प्रश्न उठाएका छन् भने केहीले ट्राफिक व्यवस्थापन शैलीमाथि समेत टिप्पणी गरेका छन्।

पूर्व सामाजिक अभियन्ता समेत रहेकी सांसद तामाङ बेलाबेला आफ्नो आक्रामक शैलीका कारण चर्चामा आउने गरेकी छन्। सांसद भइसकेपछि पनि उनको व्यवहारमा पुरानै शैली देखिएको भन्दै आलोचना बढ्न थालेको छ।

Advertisement

घटनाबारे आधिकारिक धारणा आउन बाँकी रहे पनि सार्वजनिक भिडियोले अहिले राजनीतिक माहोल तताएको छ। थापाथली क्षेत्र केही समय तनावग्रस्त समेत बनेको प्रत्यक्षदर्शीहरूले बताएका छन्।

“सांसद कि सडक बहस ?”

यो घटनापछि सामाजिक सञ्जालमा एउटा प्रश्न तीव्र रूपमा उठिरहेको छ — जनप्रतिनिधिको भूमिकामा संयमता आवश्यक कि पुरानै आक्रामक शैली?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×
Advertisement