Advertisement
Advertisement
Advertisement

चितवनमा आजदेखि रास्वपाको ऐतिहासिक महाधिवेशन सुरु, रवि र बालेनले संयुक्त रूपमा गर्ने उद्घाटन

रियल खबर अनलाईन ७ असार, चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको भरतपुरमा भव्य रूपमा सुरु हुँदैछ। महाधिवेशनको उद्घाटन पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र (बालेन) शाहले संयुक्त रूपमा गर्ने कार्यक्रम रहेको छ। उद्घाटन समारोहमा दुवै नेताले पार्टीको भावी दिशा, संगठन सुदृढीकरण र सुशासनका एजेन्डाबारे विशेष सम्बोधन गर्ने तयारी गरिएको छ।

देशभरबाट हजारौं प्रतिनिधि तथा कार्यकर्ता सहभागी हुने महाधिवेशनमा नयाँ नेतृत्व चयन, संगठन विस्तार तथा आगामी राजनीतिक कार्यदिशाबारे महत्वपूर्ण निर्णय हुने अपेक्षा गरिएको छ। रास्वपाले यसलाई पार्टी इतिहासकै सबैभन्दा महत्वपूर्ण राजनीतिक उत्सवका रूपमा लिएको जनाएको छ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×
Advertisement