Advertisement
Advertisement
Advertisement

नेपाल–यूएईबीच श्रम सम्झौता प्रभावकारी कार्यान्वयनमा जोड

रियल खबर अनलाईन असार १७ काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादव र नेपालका लागि संयुक्त अरब इमिरेट्स (यूएई) का राजदूत अब्दुल्ला सइद मुबारक जारवान अल शामसी बीच भएको द्विपक्षीय भेटवार्तामा नेपाल–यूएई श्रम सम्झौताका प्रावधानलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने सहमति भएको छ।

भेटका क्रममा दुवै पक्षले नेपाली श्रमिकको सुरक्षा, अधिकार, रोजगारीका अवसर विस्तार तथा श्रम व्यवस्थापनलाई थप व्यवस्थित र पारदर्शी बनाउने विषयमा छलफल गरेका थिए।

बैठकमा श्रम सम्बन्धलाई अझ सुदृढ बनाउँदै द्विपक्षीय सहकार्यलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता समेत व्यक्त गरिएको छ। यो सहमतिले यूएईमा कार्यरत तथा भविष्यमा रोजगारीका लागि जाने नेपाली श्रमिकहरूको हित संरक्षणमा सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×
Advertisement