Advertisement
Advertisement
Advertisement

नेपालका ११ जिल्लामा बर्डफ्लुको प्रकोप, ६ लाख पन्छी नष्ट — किसान राहतको पर्खाइमा…..

रियल खबर अनलाईन असार १७ काठमाडौं । नेपालका ११ जिल्लाका ८७ स्थानमा बर्डफ्लु (एभियन इन्फ्लुएन्जा) को संक्रमण फैलिएको छ। संक्रमण नियन्त्रणका लागि हालसम्म करिब ६ लाख पन्छी, ९ लाखभन्दा बढी अण्डा तथा ठूलो परिमाणमा दाना र अन्य सामग्री नष्ट गरिएको छ।

बर्डफ्लुको प्रकोपका कारण कुखुरापालन व्यवसायमा ठूलो आर्थिक क्षति पुगेको छ। हजारौं किसानले आफ्नो लगानी गुमाउनुपरेको भन्दै सरकारी क्षतिपूर्ति वितरणमा भइरहेको ढिलाइले व्यवसाय पुनः सञ्चालन गर्न कठिन भएको गुनासो गरेका छन्।

सरकारले प्रभावित किसानलाई बजार मूल्यको ७५ प्रतिशतसम्म राहत उपलब्ध गराउने व्यवस्था गरेको भए पनि बजेट अभावका कारण राहत वितरण प्रभावकारी रूपमा हुन नसकेको सम्बन्धित निकायले जनाएको छ।

Advertisement

किसानहरूले शीघ्र क्षतिपूर्ति वितरण, पर्याप्त बजेट व्यवस्थापन तथा रोग नियन्त्रणका प्रभावकारी उपाय अवलम्बन गर्न सरकारसँग माग गरेका छन्। विज्ञहरूले पनि बर्डफ्लुको जोखिम अझ फैलिन नदिन कडा जैविक सुरक्षा (Biosecurity) अपनाउन र निगरानी प्रणाली थप सुदृढ बनाउन आवश्यक रहेको बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×
Advertisement